काठमाडौं : इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा सरकार विरोधी प्रदर्शनले उग्र रूप लिएको छ ।
पछिल्लो २४ घण्टामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका हिंसात्मक झडपमा परी ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारवादी संस्थाहरूले दाबी गरेका छन्।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आर्थिक सुधारको प्रतिबद्धता जनाए पनि प्रदर्शनकारीहरूले शासन व्यवस्था परिवर्तनको माग गर्दै सडक छोडेका छैनन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घटनाक्रमलाई लिएर कडा प्रतिक्रिया दिएका छन। सामाजिक सञ्जालमा ‘चाँडै’ भन्दै एउटा रहस्यमयी सन्देश राखेका छन्। ट्रम्पले इरानी सरकारले नागरिकको हत्या जारी राखेमा अमेरिकाले कडा कदम चाल्ने चेतावनी दिएका छन्।
तेहरानले भने अमेरिका र इजरायलले इरानको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा कडा प्रतिकार गर्ने र अमेरिकी सैन्य आधार इलाकाहरूलाई निशाना बनाउने धम्की दिएको छ। मध्यपूर्वमा बढ्दो यो तनावले विश्व राजनीतिमा नयाँ हलचल पैदा गरेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया