Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जन्मदिनको अवसरमा बटुकलाई खाद्यान्न तथा शैक्षिक सामग्री

कपिलवस्तु, १६ माघ ।

रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिका वडा नं. ४ स्थित बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला, खरेन्द्रपुरमा अध्ययनरत बटुकहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ । चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव, रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका पास्ट प्रेसिडेन्ट तथा हालका लिगल एडभाइजर रोट्रयाक्टर गोपाल बन्जाडेको जन्मदिनको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो ।

.क्लबका अध्यक्ष प्रकाश चौधरीका अनुसार सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै बन्जाडेको जन्मदिनलाई सेवामूलक कार्यमार्फत मनाउने उद्देश्यले खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको हो । सामाजिक सेवामा सक्रिय रहँदै आएका बन्जाडे विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध रहँदै समाजसेवामा योगदान दिँदै आइरहेका छन् ।

उनको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा गुरुकुलमा अध्ययनरत बटुकहरूलाई दैनिक आवश्यक खाद्यान्न सामग्रीसँगै कापी, कलमलगायत शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष नसिम अहमद खान, रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट रोटरियन युवराज पौडेल, क्लबका पास्ट प्रेसिडेन्टद्वय रोटरियन टिएन गैरे र रोटरियन विष्णु माया गैरे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव सनीउल्ला धोबी, आश्रमका प्रधानाध्यापक चुरामणि पोखरेललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष टेकलाल सापकोटाले यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने बताउँदै रोट्रयाक्ट क्लबको कार्यको प्रशंसा गरे । साथै उनले सामाजिक संस्थाहरूले शिक्षा र संस्कृतिको संरक्षणमा खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

कार्यक्रम रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । क्लबका लिगल एडभाइजर गोपाल बन्जाडेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संयोजक सन्तोष पौडेलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लब सचिव राजेन्द्र बोहोराले गरेका थिए ।

रोट्रयाक्ट क्लब अफ कपिलवस्तुले आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा शैक्षिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP