Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विजयनगर अस्पतालमा विशेषज्ञ सेवा, ७४ बिरामीले पाए वरिष्ठ न्युरोसर्जनबाट उपचार

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ११ फागुन ।

कपिलवस्तुको विजयनगर आधारभूत अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । अस्पतालकाे आयोजनामा तथा चाैराहा अस्पतालको सहयोगमा साेमबार उक्त सेवा प्रदान गरिए हाे । ७४ जना नागरिक सेवा पाएकाे अस्पताल प्रशासनले जनाएको छ ।

वरिष्ठ न्युरोसर्जन डा. प्रकाश श्रेष्ठद्वारा प्रदान गरिएको उक्त सेवाबाट ७४ जना विभिन्न हाड-जोर्नी तथा नसासम्बन्धी समस्याबाट पीडित बिरामी लाभान्वित भएका छन् । ढाड दुखाई, कम्मर तथा घुँडाको समस्या, नसा च्यापिनु लगायतका समस्याले लामो समयदेखि पीडित बिरामीहरूले प्रत्यक्ष विशेषज्ञ जाँच तथा उपचार सेवा प्राप्त गरेका अस्पताल प्रशासन इन्चार्ज इन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।

विशेषज्ञ सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेका स्थानीयवासीका लागि आफ्नै क्षेत्रमा यस्तो सेवा उपलब्ध हुनु ठूलो राहतको विषय बनेको गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बताए । उनले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सुरुवात गरिएको बताए ।

यस पहलले स्थानीय समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै सहज पहुँचमा गुणस्तरीय सेवा उपलब्ध गराउने अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।

आर्थिक रूपमा कमजोर तथा नियमित उपचार गर्न नसकेका बिरामीहरूले सहज र गुणस्तरीय सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP