हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पछिल्लो चौबीस घन्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पानी परेको छ।महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा मकवानपुरको भोर्लेनीमा १८.२ मिलिमिटर वर्षा भएको छ। दोलखाको जिरीमा १०.४ मिलिमिटर, ललितपुरको लेलेमा ८ मिलिमिटर, बाह्रबिसेमा ५.८ मिलिमिटर, बागलुङको गलकोटमा ११ मिलिमिटर, कास्कीको रिबनमा ७.८ मिलिमिटर वर्षा मापन भएको छ।बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेश को पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। वैखरी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया