कृष्णनगर, १८ फागुन ।
कपिलवस्तुकाे महाराजगंज नगरपालिका-३ जमुनीस्थित हुलाकी सडक अन्तर्गत तौलिहवा-बहादुरगंज सडक खण्डमा आज बिहान सवारी दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।
पूर्वतर्फबाट आउँदै गरेको लू २ ख ६१९५ नम्बरको ट्रिपरले जमुनी बस्ने राम साजन पासीकी करिब ६ वर्षीय छोरी प्रिंका पासीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया