Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

अराजक तत्वुको प्रतिवाद गर्न दाहालको अपिल

काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अराजक तत्वको प्रतिवाद गर्न पार्टीका युवा तथा विद्यार्थी वर्गमा अपिल गरेका छन् ।

तत्कालिन माओवादीका नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले हजारौंको बलिदानबाट ल्याएको परिवर्तन, शहिदले देखेको सपना पूरा गर्नका लागि साझा संकल्पको खाँचो रहेको बताए ।

‘अराजक तत्व’हरुले जनतामा भ्रम सिर्जना गर्ने काम गर्न थालेको जिकिर गर्दै दाहालले त्यसको प्रतिवाद गर्न युवा तथा विद्यार्थीहरुलाई विशेष अपिल गरेका हुन् । उनले भने, ‘म तमाम युवा सार्थीहरुलाई, विद्यार्थीहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु, केही त्यस्ता अराजक तत्वहरुले जनतामा भ्रम सिर्जना गर्ने र हत्केलाले सूर्य छेक्न खोज्याजस्तो गरीकन दुस्साहस गर्नेहरुप्रति सतर्क रहन र त्यसको प्रतिवाद गर्न पनि म विशेष रुपले अपिल गर्न चाहन्छु ।’

झण्डै सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि ‘कलिलो’ नै रहेको उल्लेख गर्दै दाहालले यसका विरोधीले यसलाई कलिलोमै निमोठ्न सकिन्छ कि भनेर प्रयास गरिरहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा समाजवादतर्फ अगाडि बढिरहेको यो ‘सिस्टम’ लाई कलिलो मै मास्नका लागि भ्रम, अराजकता, आतंकको वातावरण बनाउन प्रयासहरु हुन थालेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले समाजवादको आधार तयार पार्न वैचारिक स्पष्टता, समर्पित, अनुशासित पार्टी संगठन र सुदृढिकरणको आवश्यकता औंल्याए । उनले कम्युनिष्ट पार्टी जनताको पार्टी भएकाले जनचाहना अनुसारको काम गर्नु पर्ने भन्दै पार्टी संगठनमा जुट्न निर्देशन पनि दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP