Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन

कपिलवस्तु बैशाख २९।

सशस्त्र प्रहरी बल बीओपी आउटपोस्ट मर्यादपुर डंगरी, कपिलवस्तुले अवैध रूपमा नेपाल भित्र्याइएका विभिन्न सामान नियन्त्रणमा लिई वैशाख महिनामा मात्रै करिब १० लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको जनाएको छ।

भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी तस्करी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको सशस्त्र प्रहरीले खाद्यान्न, लत्ता कपडा, हार्डवेयर तथा किराना लगायतका विभिन्न सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक हरित बडुवाल ले दिएको जानकारी अनुसार सीमा क्षेत्र हुँदै भन्सार प्रक्रिया बिना ल्याइएका सामानहरू नियमित चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो।

सीमा क्षेत्रमा पछिल्लो समय अवैध आयात तथा राजस्व छलीका गतिविधि बढ्दै गएपछि सशस्त्र प्रहरीले निगरानी थप कडा बनाएको जनाएको छ। विशेषगरी रातिको समयमा विभिन्न नाकाहरू प्रयोग गरी सामान भित्र्याउने प्रयास भइरहेका कारण गस्ती तथा चेकिङलाई प्रभावकारी बनाइएको सशस्त्र प्रहरीको भनाइ छ।

सशस्त्र प्रहरीले आगामी दिनमा पनि सीमा क्षेत्रमा निगरानी अझ प्रभावकारी बनाउँदै अवैध चोरी तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP