कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । प्रमुख राजनीतिक दलका उम्मेदवारहरू आ-आफ्नो जितको दाबी गर्दै चुनावी मैदानमा सक्रिय छन् । नेपाली काँग्रेसबाट रुख चिन्हमा उम्मेदवारी दिएका अभिषेक प्रताप शाह गत प्रतिनिधि सभा निर्वाचनमा उपविजेता बनेका थिए ।
निरन्तर क्षेत्रीय सक्रियता, घरदैलो कार्यक्रम र संगठनात्मक संरचनाका आधारमा उनी यसपटक पनि बलियो प्रतिस्पर्धीका रूपमा उभिएका छन् । काँग्रेस कार्यकर्ताहरूले जनलहर आफ्नोतर्फ रहेको दाबी गरेका छन् । अहिले उनी जनलहर अनुसार याे निर्वाचन जीतकाे दाउमा छन् ।
यता पूर्व मन्त्रीसमेत रहेका बिरेन्द्र कुमार कनोेडिया यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवार बनेका छन् । यसअघि काँग्रेससँग आबद्ध रहेका उनी असन्तुष्टि जनाउँदै एमाले प्रवेश गरेका थिए । एमाले पक्षले संगठन सुदृढ र मतदाता आधार मजबुत रहेको दाबी गरे पनि विपक्षीहरूले पार्टी परिवर्तनको विषयलाई चुनावी मुद्दा बनाएका छन् ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट तारा चिन्हमा उम्मेदवारी दिएका अहसान खान पनि प्रतिस्पर्धामा सक्रिय छन् । मुस्लिम समुदायमा देखिएको समर्थन र पार्टीको संगठित संरचनाका कारण उनले पनि आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरिरहेका छन् । स्थानीय रूपमा उनको प्रभाव उल्लेखनीय रहेको चर्चा छ ।
यसैबीच पूर्व मन्त्री इश्वर दयाल मिश्र पनि जाँताे (चकिया) चिन्ह लिएर चुनावी मैदानमा छन् । यद्यपि हालसम्मको प्रचारप्रसार र सार्वजनिक बहसमा उनी पनि बढी चर्चामा देखिएका छन् । मन्त्री भएका बेला थुप्रै विकास निर्माणका गरेकाे हुँदा पनि उनकाे चर्चा रहेको छ । कुल मिलाएर हेर्दा कपिलवस्तु-३ मा काँग्रेस, एमाले तथा अन्य दलका उम्मेदवारबीच बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
सबै उम्मेदवारले विकास, रोजगारी, पूर्वाधार र सामुदायिक सद्भावलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । अन्तिम परिणाम भने मतदाताको निर्णयले निर्धारण गर्नेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया