Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सीमावर्ती नाका तीन दिनका लागि बन्द

कृष्णनगर, १९ फागुन ।

आसन्न प्रतिनिधि सभा सदस्यकाे लागि फागुन २१ हुने निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाका सीमावर्ती नाकाहरू तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएका छन् । विशेषगरी कृष्णनगर नाका लगायत अन्य साना-ठूला नाकामा आवतजावतमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको सूचनाअनुसार निर्वाचनको अघिल्लो दिनदेखि मतगणना कार्य सम्पन्न नभएसम्म सीमा नाका बन्द रहनेछ । यस अवधिमा नेपाल-भारत सीमा हुँदै हुने आवागमन पूर्ण रूपमा निषेध गरिने जनाइएको छ । अत्यावश्यक सेवा, एम्बुलेन्स तथा सुरक्षा निकायका सवारीसाधनलाई भने आवश्यक समन्वयपछि आवतजावतको अनुमति दिइने बताइएको छ ।

.प्रमुख जिल्ला अधिकारीले खुला सीमाका कारण निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा शान्ति-सुरक्षा कायम राख्न यस्तो निर्णय गरिएको जानकारी दिएका छन् । सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा निगरानी कडा पारिएको छ ।

नाकाबन्दीका कारण दैनिक उपभोग्य वस्तु ढुवानी, साना व्यापारी तथा सीमा क्षेत्रमा निर्भर स्थानीय बासिन्दामा केही असहजता देखिएको छ । यद्यपि प्रशासनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ ।

कपिलवस्तुमा भारतसँग जोडिएका प्रमुख नाकामध्ये कृष्णनगर क्षेत्रको नाका अत्यन्त व्यस्त मानिन्छ । यहाँबाट दैनिक सयौं सर्वसाधारण आवतजावत गर्ने गरेका छन् । निर्वाचन सम्पन्न भई सुरक्षा अवस्था सामान्य भएपछि नाका पुनः नियमित रूपमा सञ्चालनमा आउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP