कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं. ३ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले अग्रता कायम गरेका छन्। हालसम्म महाराजगन्ज नगरपालिका वडा नं. ५, ६ र ७, बिजयनगर गाउँपालिका वडा नं. १ देखि ७, कृष्णनगर नगरपालिका वडा नं. १ देखि ९ तथा शिवराज नगरपालिका वडा नं. १ देखि ४ सम्मको मतगणना सम्पन्न भएको छ।
हालसम्मको मतपरिणाम अनुसार अभिषेक प्रताप शाहले १५ हजार ३१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले १२ हजार ७४४ मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा एमालेका विरेन्द्र कनोडियाले १० हजार ४७९ मत ल्याएका छन् भने नागरिक उन्मुक्ति पार्टीका विरेन्द्र कुमार मिश्रले ३ हजार ९६३ मत पाएका छन्। नेकपाका एहसान अहमद खाँले २ हजार ५२८ मत प्राप्त गरेका छन्।
हालसम्मको गणनामा अभिषेक प्रताप शाहले प्रकाश रजौरियाभन्दा २ हजार ५७४ मतले अग्रता बनाएका छन्। बाँकी वडाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया