घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ३ चैत्र ।
किड्स/प्लान इन्टरनेशनल नेपालको सहयोगमा विजयनगर गाउँपालिकाका स्वास्थ्य संस्था तथा स्थानीय तहलाई स्तनपान कक्ष व्यवस्थापन र विपद् पूर्व तयारीका सामग्री हस्तान्तरण गरिएको छ ।
विजयनगर आधारभूत अस्पताल बद्धाैर र गणेशपुर स्वास्थ्य चौकीलाई स्तनपान कक्ष सञ्चालनका लागि आवश्यक सामग्री प्रदान गरिएको हो । उपलब्ध सामग्रीमा १ सेट सोफा, १ ओटा टेबल, २ ओटा कुर्सी, १ सेट इलेक्ट्रिक पानी डिस्पेन्सर, १ सेट इलेक्ट्रिक ब्रेस्ट पम्प, १ ओटा टिभी, १ ओटा पंखा तथा १० ओटा ह्यान्डवास रहेका छन् ।
यसैगरी गाउँपालिकालाई विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि १० थान फायर एक्सटिङ्गुइशर, १० थान सेफ्टी बुट, १० थान टर्चलाइट, २० थान त्रिपाल, १०० मिटर रेस्क्यु डोरी तथा ३ ओटा आगलागी नियन्त्रण पम्प हस्तान्तरण गरिएको किड्स/प्लान इन्टरनेशनल नेपालका कार्यक्रम संयाेजक असगर हुसेन धुनियाले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले यस्ता सहयोगले स्वास्थ्य सेवा सुधार र विपद् व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए । उनलेे स्तनपान कक्ष निर्माणले आमाहरूलाई सहज वातावरण प्रदान गर्नेछ भने विपद् सामग्रीले आकस्मिक अवस्थामा द्रुत प्रतिकार्य गर्न मद्दत गर्ने जिकिर गरे ।
यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले पनि सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामग्रीले स्थानीय तहको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने बताइन् ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले सामग्रीको सदुपयोग गर्दै सेवा प्रवाहमा गुणस्तर वृद्धि गरिने प्रतिबद्धता व्यक्त गरे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया