Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुमा साम्प्रदायिक तनाव, ५ जना घाइते

कृष्णनगर, ७ चैत्र ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-बर्गदवामा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आज दुई समुदायका युवाबीच सुरु भएको विवाद चर्किँदै गएपछि सम्भावित झडप रोक्न प्रशासनले दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।

निषेधाज्ञाअनुसार कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा समूहगत गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । घटनाका क्रममा भएको झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा ल्याइएको छ । गोली लागेर घाइते भएका तीन जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ भने अन्य दुई जनाको शिवराज अस्पतालमै उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

गोली लागेर घाइते हुनेहरूमा सानो बुटहनिया निवासी २२ वर्षीय अरुण भनिने जितेन्द्र यादव, भोरहवा निवासी २० वर्षीय मोनु पासी र जिगिना निवासी २५ वर्षीय प्रदीप पासी रहेका छन् । उनीहरूलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ ।

त्यस्तै सानो बुटहनिया निवासी २२ वर्षीय महेन्द्र रैदास हाल शिवराज अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । अजिगरा निवासी ७५ वर्षीय कासी रैदास ढुङ्गामुढा प्रहारबाट घाइते भई सोही अस्पतालमा उपचार गराइरहेका छन् ।

स्थिति थप बिग्रिन नदिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ । साथै, स्थानीय प्रशासनले सबैलाई संयमित रहन, अफवाह नफैलाउन र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP