Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

डार्फरको अस्पतालमा आक्रमण, ६४ जनाको मृत्यु

युद्धग्रस्त सुडानको पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा गरिएको हमलामा कम्तीमा ६४ जनाको ज्यान गएको छ। मृतकमध्ये १३ बालबालिका रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस गेब्रेयससका अनुसार गत शुक्रबार पूर्वी डार्फरको अल डेइन शिक्षण अस्पतालमा भएको आक्रमणमा कम्तीमा ८९ जना घाइते भएका छन्। आक्रमणपछि अस्पताल पूर्ण रूपमा निष्क्रिय बनेको छ, जसले घाइते र बिरामीहरूको उपचारमा गम्भीर सङ्कट सिर्जना गरेको छ।

सुडान सन् २०२३ अप्रिलदेखि गम्भीर द्वन्द्वमा फसेको छ। यो मुलुकमा नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बलबीचको शक्ति सङ्घर्ष व्यापक युद्धमा परिणत भएको छ। यही द्वन्द्वकै क्रममा नागरिक पूर्वाधार, विशेषगरी स्वास्थ्य संस्थाहरू बारम्बार निशानामा पर्दै आएका छन्।

अस्पतालमा भएको यो पछिल्लो आक्रमणका विषयमा दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन्। द्रुत समर्थन बलले उक्त आक्रमण सेनाबाट भएको दाबी गरेको छ भने सेनाले अस्पतालमा आक्रमण गरिएको अस्वीकार गरेको छ । यद्यपि, दुई जना सैन्य अधिकारीहरूले भने नजिकै रहेको प्रहरी चौकीलाई लक्षित गरिएको आक्रमण भएको बताएका छन्। उनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा यसबारे जानकारी दिएका हुन्।

संयुक्त राष्ट्रसङ्घका तथ्याङ्कअनुसार हालसम्मको युद्धमा ४० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, तर विभिन्न सहायता संस्थाहरूले वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार युद्ध शुरु भएयता स्वास्थ्य संस्थामाथि भएका आक्रमणमा मात्र दुई हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।

यसै सन्दर्भमा टेड्रोस गेब्रेयससले सुडानमा भइरहेको हिंसात्मक द्वन्द्व तत्काल कम गर्न आग्रह गरे। उनले ‘अब पर्याप्त रगत बगिसकेको छ, पर्याप्त पीडा भोगिएको छ, अब द्वन्द्व कम गर्ने समय आएको छ’ भन्दै अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर ध्यान दिन आह्वान गरे। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP