Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय युवा बेपत्ता

बुटवल । पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय युवा बेपत्ता भएका छन्। जिल्लाको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित हेडबक्स नजिक आइतबार दिउँसो दुई जना भारतीय युवा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पाका डीएसपी होमप्रकाश चौधरीका अनुसार बेपत्ता हुनेहरू भारतको सन्तकबीरनगरका १७ वर्षीय फारन अन्सारी र सोही उमेरका अमान अन्सारी रहेका छन्। उनीहरू साथीसँग घुम्न आएका बेला खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भारतबाट सात जना युवाहरूको समूह घुम्नका लागि उक्त स्थानमा आएको खुलेको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली बेपत्ता दुवै जनाको खोजी कार्यमा जुटिरहेको प्रहरीले जनाएको छ। वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP