Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुमा अवैध २८ सय ८० कुखुराका चल्ला नष्ट

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १६ चैत ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-११ मोतिपुर क्षेत्रमा अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका २८ सय ८० ब्रोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको छ । साेमबार बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको गस्ती टोलीले पूर्व-पश्चिम लालपुरदेखि मोतिपुर गाउँतर्फ जाने भित्री सडक खण्डको छेउमा बेवारिसे अवस्थामा उक्त चल्लाहरू फेला पारेको थियो ।

प्रहरीका अनुसार चल्लाहरू भारतबाट अवैध रूपमा भित्र्याई पैदल तथा युपी ५५ एफ ४०१३ नम्बरको भारतीय मोटरसाइकलमार्फत लुकाइछिपाइ ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ तथा पशु नियमावली, २०५६ को दफा ९ र १० उल्लंघन गरेको पाइएपछि बरामद चल्ला नष्ट गरिएको हाे ।

बरामद गरिएका चल्लाहरूलाई स्थानीय, जनप्रतिनिधि तथा पशु क्वारेन्टाइन चेकपोस्ट कृष्णनगरका प्रतिनिधिको रोहबरमा प्रहरी कार्यालय परिसर जमिनमा खाडल खनी माटोले पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको चल्लाकाे मुल्य २ लाख ८८ हजार र माेटरसाइकलकाे मुल्य ६० हजार गरी ३ लाख ३८ हजार रुपैयाँ बराबरकाे रहेकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्यले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP