घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २० चैत्र ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे आयाेजना र सहयोगी संस्था सामी (SaMi) काे सहकार्यमा “स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने मूल सन्देशका साथ सुरक्षित आप्रवासन कार्यक्रमको चौथो चरण कार्यान्वयन मोडालिटी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक जानकारी प्रदान गरिएको विजयनगर राेजगार सेवा केन्द्रका प्रमुुख श्याम पुनले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागीहरुलाई वैदेशिक रोजगारीमा जाने क्रममा अपनाउनुपर्ने प्रक्रिया, कानुनी प्रावधान, सम्भावित जोखिम तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराइएको छ । कार्यक्रमलाई सामी संस्थाका प्रदेश अधिकृत जियाउल हक र जिल्ला कार्यक्रम संयाेजक सुवास रेग्मीले सहजीकरणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा सबै सीप हासिल गर्नुपर्ने बताउँदै आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अघि बढाउनुपर्नेमा जाेड दिए । विभिन्न माध्यमबाट हुने ठगीबाट जोगिन पालिकाभित्र रहेका राेेजगार सेवा केन्द्रबाट सबै प्रक्रिया बुझेर श्रमस्विकृति लिएर मात्र विदेश जान अध्यक्ष थापाले आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरमै सीप विकास तथा स्वरोजगारका अवसरहरू विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रमले सुरक्षित आप्रवासन सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी लगायत सम्बाेधन गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया