Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तु गोलीकाण्ड : मृतक यादवलाई सहिद घोषणा गर्न सांसद शाहको माग, उच्चस्तरीय छानबिनको आग्रह

कृष्णनगर, २४ चैत्र ।

कपिलवस्तुको वरगदामा काली मन्दिर तोडफोडपछि उत्पन्न भएको तनावका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उक्त घटनाले राजनीतिक र सामाजिक रूपमा गम्भीर ध्यान आकर्षित गरेको छ ।

प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले मंगलबार संसद बैठकमा यस घटनाबारे गम्भीर चासो व्यक्त गर्दै मृतकलाई सहिद घोषणा गर्न माग गरेका छन् । उनले घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग आग्रह गरे ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अरुण यादवको उपचारका क्रममा सोमबार (चैत २३) मृत्यु भएको थियो । यस घटनाले स्थानीय क्षेत्रमा आक्रोश बढाएको छ भने मानवअधिकार र सुरक्षा निकायको भूमिकाबारे प्रश्न उठेको छ ।

सांसद साहले संसदमा बोल्दै भने, “यस घटनाको गम्भीर छानबिनका लागि गृहमन्त्रीको निर्देशनमा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनु आवश्यक छ।” उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

यसका साथै उनले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेका छन् ।

घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने सरकारमाथि सत्यतथ्य सार्वजनिक गर्न र न्याय सुनिश्चित गर्न दबाब बढ्दै गएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP