बागलुङ : बागलुङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका- ४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो ।
शाही सोमबार साँझ काम गरेर घर फर्किने क्रममा भीरबाट लडेकी शाहीको मंगलबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर बोहराले जानकारी दिए। शाही काम गरेर साँझ घर नफर्किने क्रममा भीरबाट लडेको हुन सक्ने आशङ्का गरिएको छ।
राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी गरेका थिए। मंगलबार बिहान ९ बजे निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहरमा शव फेला परेको प्रहरी निरीक्षक बोहराले बताए। अप्ठ्यारो बाटोमा यात्रा गर्दा उछिट्टिएर नहरमा खसेको हुनसक्ने उनको अनुमान छ । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया