Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१० खेलाडीमा सीमित बार्सिलोना घरेलु मैदानमा पराजित

काठमाडौं : युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा एथ्लेटिको म्याड्रिडले बार्सिलोनामाथि २–० को महत्वपूर्ण जित निकालेको छ।

सन् २००६ यता नोउ क्याम्पमा जित निकाल्न नसकेको एथ्लेटिकोले गएराति ऐतिहासिक सफलता हात पार्दै सेमिफाइनलको यात्रा बलियो बनाएको हो।

एथ्लेटिकोको जितमा जुलियन अल्भारेज र अलेक्जेन्डर सोर्लोथले एक–एक गोल गरे। खेलको सुरुवातदेखि नै बार्सिलोनाले दबाब बनाए पनि पहिलो हाफको अन्त्यतिर भएको एउटा घटना खेलको टर्निङ प्वाइन्ट बन्यो।

कुबार्सीलाई रातो कार्ड र अल्भारेजको गोल खेलको निर्णायक मोड तब आयो जब बार्सिलोनाका डिफेन्डर पाउ कुबार्सीले एथ्लेटिकोका जुलियानो सिम्योनीलाई फल गरे। पहिलो हाफको अन्त्यतिर रेफ्री इस्तभान कोभाक्सले सुरुमा पहेँलो कार्ड देखाए पनि भिडियो असिस्टेन्ट रेफ्री (VAR) को मद्तमा उनलाई रातो कार्ड दिइएको थियो।

सोही फलमा प्राप्त फ्री–किकलाई सदुपयोग गर्दै जुलियन अल्भारेजले उत्कृष्ट गोल गरी एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाए।

एक खेलाडी कम भए तापनि बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। मार्कस रासफोर्डले गोल गर्ने सुन्दर अवसर पाएका थिए, तर उनको प्रहार क्रसबारमा लागेर फर्कियो। खेलभर बार्सिलोनाले कूल २४ पटक गोलको प्रयास गरे पनि फिनिसिङमा चुकेको थियो।

खेलको अन्त्यतिर एथ्लेटिकोले अर्को एउटा काउन्टर अट्याकको अवसर पायो। माटेओ रुगेरीको सटिक क्रसमा अलेक्जेन्डर सोर्लोथले गोल गर्दै एथ्लेटिकोको जित निश्चित गरे।

आठ जितको अपराजित यात्रामा रहेको बार्सिलोनाका लागि यो हारले ठूलो धक्का लागेको छ। अब अर्को मंगलबार म्याड्रिडमा हुने दोस्रो लेगमा बार्सिलोनालाई पुनरागमन गर्न ठूलो चुनौती हुनेछ। एथ्लेटिकोले च्याम्पियन्स लिगको नकआउट चरणमा यसअघि पनि दुई पटक बार्सिलोनालाई बाहिर पठाएको इतिहास छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP