Trending
खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता समाज दुर्घटना, डुबान र अपराधले थलिएको सुनसरी समाज ‘नेपालको डीएनएमै प्रकोप छ, व्यवस्थापकीय चुस्तता नै हाम्रो विकल्प हो’ समाज विपद् व्यवस्थापनमा कुरिनटार एउटा ‘ब्राण्ड’ हो’ flash नापीको त्रुटिले दर्जनौँ परिवार सङ्कटमा: सडक एकातिर, फैसला अर्कैतिर२०८३, ४ बैशाख शुक्रबारमा प्रकाशित समाज जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति खेल पञ्जाबकाे अपराजित यात्रा कायमै, मुम्बईको चौथाे हार समाज प्रधानमन्त्री बालेन शाहले सबै आमाहरुलाई मातातीर्थ औँशीको शुभकामना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा

काठमाडौंः लेबनान र इजरायल १० दिनको अस्थायी युद्धविराममा सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गर्दै ३४ वर्षपछि भएको पहिलो औपचारिक वार्तापछिको उपलब्धि भएको बताए।

यो अवधि दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’ मानिएको छ। उल्लंघन नभए स्थायी शान्तिको बाटो खुल्नसक्ने संकेत गरिएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा जोसेफ औन र बेन्जामिन नेतन्याहूसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै ‘यो मेरो १०औँ युद्ध समाधान हुनेछ’ भनी दाबी गरेका छन्।

युद्धविराम बिहीबार रातिदेखि लागु भएको छ। यसअघि वासिङ्टनमा दुवै देशका प्रतिनिधिबीच भेटवार्ता भएको थियो, जुन सन् १९८३ पछिको पहिलो महत्वपूर्ण सिधा संवाद हो। ट्रम्पले दुवै नेतालाई ह्वाइट हाउस निमन्त्रणा गर्ने बताएका छन्।

लेबनानका राष्ट्रपति जोसेफ औनले ट्रम्पलाई धन्यवाद दिँदै क्षेत्रमा स्थायी स्थिरताका लागि प्रयास गरिरहेको बताए। राष्ट्रपति औनले स्थायित्वका लागि प्रयास जारी राख्ने बताएका छन्। लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्वक हतियार त्याग्न मनाउने प्रयास गरिरहेको जनाएको छ।

हिजबुल्लाह नेता हसन फदलल्लाहले इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्णरूपमा रोक्ने वा नरोक्ने आधारमा आगामी कदम तय हुने बताएका छन्। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP