Trending
समाज ‘नेपालको डीएनएमै प्रकोप छ, व्यवस्थापकीय चुस्तता नै हाम्रो विकल्प हो’ समाज विपद् व्यवस्थापनमा कुरिनटार एउटा ‘ब्राण्ड’ हो’ flash नापीको त्रुटिले दर्जनौँ परिवार सङ्कटमा: सडक एकातिर, फैसला अर्कैतिर२०८३, ४ बैशाख शुक्रबारमा प्रकाशित समाज जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति खेल पञ्जाबकाे अपराजित यात्रा कायमै, मुम्बईको चौथाे हार समाज प्रधानमन्त्री बालेन शाहले सबै आमाहरुलाई मातातीर्थ औँशीको शुभकामना अन्तर्राष्ट्रिय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा राजनीति सर्वोच्च अदालतमा आजपनि सुनुवाइ निरन्तर हुने अन्तर्राष्ट्रिय पूर्णअधिकार सुरक्षित नभएसम्म इरान होर्मुजबाट पछि नहट्ने समाज नेप्से परिसूचक ३३ अङ्कले घट्यो

‘नेपालको डीएनएमै प्रकोप छ, व्यवस्थापकीय चुस्तता नै हाम्रो विकल्प हो’

चितवन : जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालको भौगोलिक र मौसमी अवस्थितिका कारण विपद् व्यवस्थापनमा चुस्त र स्मार्ट कार्य नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। उनले नेपाल जस्तो सिमित स्रोत साधन भएको देशले पूर्व तयारीमा ठूलो लगानी गर्न नसक्ने यथार्थलाई स्वीकार्दै उद्धार र राहतमा व्यवस्थापकीय चुस्तता अपनाउनु नै बुद्धिमतापूर्ण विकल्प भएको बताए।

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदानको कदर गर्दै उनले सुरक्षाकर्मीहरूले गरिरहेको कार्यलाई ‘उत्कृष्ट र स्मार्ट’ को संज्ञा दिनुभयो। अर्यालले विपद्को समयमा एपिएफ संस्थाप्रति आम नागरिकको निकै ठूलो अपेक्षा रहने तर यथार्थमा स्रोत साधनको अभावका बीच काम गर्नुपर्ने बाध्यता रहेको बताए।

शिक्षालयलाई आगामी दिनमा अझ परिष्कृत र सुविधा सम्पन्न बनाउनुपर्नेमा अर्यालले जोड दिए। उनले संगठन प्रमुखलाई यस शिक्षालयलाई साधन स्रोत र जनशक्तिले युक्त बनाएर विपद् व्यवस्थापनको क्षेत्रमा ‘सेन्टर अफ एक्सिलेन्स’ र ‘स्मार्ट अर्गनाइजेसन’को रूपमा विकास गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह समेत गरे। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP