Trending
खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता समाज दुर्घटना, डुबान र अपराधले थलिएको सुनसरी समाज ‘नेपालको डीएनएमै प्रकोप छ, व्यवस्थापकीय चुस्तता नै हाम्रो विकल्प हो’ समाज विपद् व्यवस्थापनमा कुरिनटार एउटा ‘ब्राण्ड’ हो’ flash नापीको त्रुटिले दर्जनौँ परिवार सङ्कटमा: सडक एकातिर, फैसला अर्कैतिर२०८३, ४ बैशाख शुक्रबारमा प्रकाशित समाज जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति खेल पञ्जाबकाे अपराजित यात्रा कायमै, मुम्बईको चौथाे हार समाज प्रधानमन्त्री बालेन शाहले सबै आमाहरुलाई मातातीर्थ औँशीको शुभकामना

प्रधानमन्त्री बालेन शाहले सबै आमाहरुलाई मातातीर्थ औँशीको शुभकामना

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले सबै आमाहरुलाई मातातीर्थ औँशीको शुभकामना दिएका छन्। उनले आज(शुक्रबार) सामाजिक सञ्जालबाट शुभकामना दिँदै आफू ‘नेपाल आमा हासेको हेर्न चाहेको’ पनि बताएका छन्।

उनले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताए।

उनले भनेका छन्,‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।

जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।

मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’

हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP