Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

भारतमा काेराेना : सङ्क्रमितकाे सङ्ख्या सात लाख नाघ्याे

काठमाण्डौ – भारतमा पछिल्लो केही हप्तायता कोरोना भाइरसको प्रकोप बढिरहेको छ । दैनिक सङ्क्रमणको दर बढ्दै जाँदा प्रकोप बढ्दै गएको हो । 

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या सात लाख नाघेको छ । अहिलेसम्म सात लाख १९ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे हाे । सङ्क्रमितमध्ये चार लाख ३९ हजार नौ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा २२ हजार दुई सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ५९ हजार पाँच सय ५७ भएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण चार सय ६७ जनाको मृत्यु भएपछि कुल मृतकको सङ्ख्या २० हजार एक सय ६० पुगेको मन्त्रालयले जनाएको छ । 

इण्डियन काउन्सिल अफ् मेडिकल रिसर्चका अनुसार ६ जुलाईसम्म भारतमा कोभिड–१९को एक करोड दुई लाख ११ हजार ९२ जनाको नमुना लिइएको छ । 

आईसीएमआरका अनुसार भारतमा प्रत्येक दिन औसत दुई लाख जनाको नमुना सङ्कलन भइरहेको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP