Trending
flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ

३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १३ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-२ मा सञ्चालन गरिएको ३५ दिने बारिष्टा तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग तथा एस.पि.एस.ए. कम्प्युटर इन्स्टिच्युटको प्राविधिक सहयोगमा सञ्चालित तालिमको समापन गरिएको वडाका कर्मचारी प्रवेज आलम खानले जानकारी दिए ।

वडाभित्रका २० जना युवायुवतीलाई लक्षित गरी सञ्चालन गरिएको तालिममार्फत कफी तयारी, ग्राहक सेवा, आतिथ्य सत्कार तथा व्यावसायिक सीप सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बाेधन गर्दै वडा अध्यक्ष नेपाल चौधरीले युवाहरुलाई सीपसँग जोडेर रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता तालिम प्रभावकारी हुने बताए । उनले प्राप्त सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गरे ।

यस्तै वडा सदस्य नितु दर्जीले तालिमबाट सिकेका ज्ञान र सीपलाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिँदै अवसरको सदुपयोग गर्न सुझाव दिइन् ।

यसैगरी वडा सचिव सराेज तिमिल्सैनाले युवाहरुलाई सीपयुक्त बनाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान तथा सीप भविष्यमा रोजगारी र व्यवसाय सञ्चालनमा उपयोगी हुने विश्वास व्यक्त गरे ।

एस.पि.एस.ए. कम्प्युटर इन्स्टिच्युटका प्रमुख सुबास यादवले तालिमले सहभागीहरुलाई बारिष्टा पेशासम्बन्धी व्यावसायिक दक्षता हासिल गर्न सहयोग पुगेको बताए । बारिष्टा तालिकाका सिकारुहरुलाई प्रमाण-पत्र वितरण गरिएको उनले बताए ।

कार्यक्रममा वडा सदस्य सहरु भर, साेमई केवट, वडा कार्यालयका कर्मचारी, प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP