Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दुई चिकित्सकसहित पर्सामा थपिए १७ जनामा कोरोना संक्रमित

वीरगञ्ज । पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गएराति आएको रिपोर्टमा दुई जना चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको छ । गण्डकमा मृत्यु भएका वृद्धसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले जानकारी दिएको छ ।

एक सय २८ वटा नमुना परीक्षण गर्दा ४ जना महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख प्याथोलोजिस्ट डा. निरा पाठकले बताउनुभयो ।

नारायणी अस्पतालमै कार्यरत ४७ वर्षीय चिकित्सक र दुई वर्ष पहिले अवकाश पाइसकेका ६० वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सिर्सिया सुख्खा बन्दरगाहमा काम गर्ने २९ र ३६ बर्षीय कर्मचारी र ड्राइपोर्टकै ट्रक चालक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

एडभान्स अस्पतालबाट पठाइएको स्वाबमध्ये ८५ वर्षीया महिला, २६ र ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालमा कार्यरत स्वीपरमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको २२ र २० बर्षिया दुई छोरीमा पनि कोरोना देखिएको छ ।

नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकको बुवा नारायणी अस्पतालको आईसियुमा उपचारत थिए । ५० वर्षीय उनको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

तीन दिनदेखि सुख्खा खोकी लागेर पीसीआर परीक्षण गराउन आएका श्रीपुर पचगावाका ३९ बर्षिय पुरुष, कादम्बरी एकेडेमीमा कक्षा १० मा अध्ययनरत वीरगञ्ज–१० बस्ने १५ बर्षिय किशोर, नारायाणी अस्पतालको अर्थो वार्डमा उपचाररत वीरगञ्ज–१ छपकैयाकी ३२ बर्षिया महिला, पटेर्वासुगौली गाउँपालिका–५ देवरियाका २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल पीसीआर प्रयोगशालाले जनाएको छ ।

मारुती फर्मामा कार्यरत ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । मारुती फर्मामा यसअघि पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP