Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

चाड पर्वमा सद्भाव कायम गर्न कृष्णनगरमा सर्व पक्षिय बैठक सम्पन्न ।।


दिपक के.सी.
कपिलवस्तु असोज ९

कपिलवस्तुको कृष्णनगर नगर नजिकिदै गरेको नेपालीहरुको महान पर्वहरु विजया दशमी, दिपावली र छठ पर्वलाई मध्य नजर गर्दै सर्वपक्षिय छलफल भएको छ । चाड पर्वलाई सौहाद्रपूर्ण वातावरण बनाउन छलफल भएको हो ।
चाडपर्वलाई मध्य नजर गर्दै शान्ति सुरक्षामा कडाइ गरिने सुरक्षा निकायले जनाएको छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा नजिकै रहेको दशै, तिहारलाई लक्षित गरि सुरक्षा व्यावस्था कडा परिएको हो । चाडपर्वमा शान्ति शुरक्षा कायम गर्न प्रत्येक बर्ष प्रयास भइ रहे पनि विवाद हुदै आएको स्थानिय बुद्धिजिवीहरुले बताएका छन । यस बर्ष सुरक्षालाई कडा गर्दै सौहाद्रपूर्ण तवरले विवाद रहित चाडपर्व मनाउन सुरक्षालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुुर श्रेष्ठले बताए । शान्ति कायम राख्न स्थानिय राजनैतिक दल , बुद्धिजीवी नागरिकहरुको अह्म भूमिका रहने हुने हुदाँ सबैले आ आफ्नो ठाउँ सहयोग पुराउन उनले आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालयले राखेको कृष्णनगरमा शान्ति शुरक्षा कायम गर्न आयाजित बैठमा नेपाली काग्रेसका प्रतिनिधि सभा संसद अभिशेष प्रताप शाहले दिउसो नै मुर्ति बिर्सजन गरे विवाद नहुने बताए । दिउँसो विर्सजनको कार्यक्रम गर्ने हो भने विवाद आउदैन शाहले भने । अन्य समुदायले पनि चाडपर्वको अवसरमा भाइचार कायम गर्दै धार्मिक सहिष्णुता राख्नु पर्नेमा उनले जोड दिए । । त्यसतै जाड रक्सी खाएर मुर्ति बिर्सजनमा सहभागि हुनेलाई पक्राउ गरि कार्यवाही गरिएमा विवाद नहुने नेपाली काग्रेसका प्रदेश सभा संसद बिरेन्द्र कुमार कानोडियाले सुझाव दिएका छन ।
नेकापका कृष्णनगर नगर अध्यक्ष जाबेद खानले विगतको घटनालाई सम्झनु भन्दा त्यस्तो अवस्था सिर्जना नै हुन नदिन अहिले बाट नै कसरत गर्नु पर्ने बताए । चाडपर्व मदिराजन्य पदार्थको अत्याधिक सेवनले हुने होहल्लालाई नियन्त्रण गर्न सुरक्षा निकायले कडा निगरानी गर्नु पर्ने उनले बताए । सबै धर्मका पर्वलाई धुमधामका साथ शान्ति पूर्ण वातावरण मनाउनु पर्ने खानले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, शसस्त्र प्रहरीका एसपी, सामाजसेवी अकिल मियाँ उद्योग वाणिज्य संघ कृष्णनगरका सचिव पंकज गुप्ता, स्थानिय नागरिक समाजका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, संचारकर्मी लगायतको उपस्थितीमा सम्पन्न भएको हो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP