Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सिंह दरवारले लिएको सपना साकार गरी जनताका सबै सेवा सुविधा उपलब्ध गराउने प्रमुख शाहको दावी

राम प्रघट कोरी
असोज १० गते –विजयनगर
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले स्थानीय सरकार आई सकेपछि स्वास्थ्य,शिक्षा, कृषि लगायत विभिन्न विकास निमार्ण क्षेत्रको कार्यहरुमा राम्रो गति लिएको बताउनु भएको छ । स्थानीय सरकार नहुँदा धेरै भ्रष्टाचार भएको बताउँदै सिंह दरवारले लिएको सपना साकार गरी जनताका सबै सेवा सुविधा उपलब्ध गराउने दावी गर्नु भयो । विहिवार रेडियो विजयनगर १००.७ मेगाहर्जको “विजयनगर बहस” कार्यक्रममा शाहले बताउनु भएको थियो ।

आफ्नो कार्यकाल भरीमा कृष्णनगर क्षेत्रमा रहेको सम्पूर्ण समस्यालाई मध्येनजर गर्दै नगरपािलकालाई अझै व्यवस्थित तरिकाले सुधार गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले “मैले निर्वाचनमा जनतालाई दिएको बाचा भन्दा पनि बढी काम गरेर देखाउछु ” शाहले भन्नु भयो । जनताले पाउने सेवा सुविधामा कहीँ कतै कर्मचारी, जनप्रतिनिधिहरुबाट लपर्वाही भएको पाइएमा तुरन्त कारवाही गर्ने शाहले बताउनु भएको थियो ।

यस्तै प्रसङ्गमा मयनारी, महदेइया र माडा जोड्ने बाटो मर्मतको लागि बजेट छुट्ट्याई सकेको र दशैँपछि बाटोको काम सुरु गर्ने बताउनु भएको थियो । यस्तै झिँगहा र मधनगर जोड्ने बाटो हुलाकी बाटो भएकोले राष्ट्र योजनामा पर्न जान्छ, त्यसकारण सडक बनाउन गाह्रो भएको बताउँदै यसको लागि सम्बन्धित निकायमा जानकारी गराएको र यसको टेन्डर भई सकेकोले वर्षातपछि बाटो निमार्णको काम सुरु हुने जानकारी समेत शाहले गराउनु भयो ।

कृषि उत्पादन कायर्मा किसानले चाँसो दिए कृषक मात्र होइन, देश नै कृषिबाटै विकसित हुने कुरामा विश्वास व्यक्त गर्नु भयो । तसर्थ कृष्णनगर नगरपालिकामा कृषिलाई बढी प्राथमिकतामा राखेको र सिँचाईको व्यवस्थामा जोड दिएको कुरा बताउनु भयो । प्रदेश सरकारले वर्षात र नदीको पानीको संकलनका लागि जलासायको व्यवस्था गर्न सके कृषिमा सोचे भन्दा बढी उत्पादन गर्न सक्ने शाहले बताउनु भयो ।

कृषिको राम्रो उत्पादन गर्नका लागि आर्गेनिक खेती गर्न किसनलाई प्रोत्साहन गर्ने, बर्मिङ कम्पोष्ट प्रयोग गर्ने खालको कार्यक्रम ल्याएको बताउनु भयो । नगरपालिकाको वडा नं। ६,७,१०,१२ र वडा नं। ३ को पनि केही क्षेत्र कृषि पकेट क्षेत्र बनाउने भनी यस क्षेत्रलाई विशेष ध्यान पु¥याई दिर्घकालिन ठोस योजना बनाएको कुरा राख्नु भयो ।

शिक्षा विना विकासका कार्य गति लिन नसक्ने भन्दै यस ठाउँबाट उच्च शिक्षा अध्ययनका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता भएकोले आफ्नै गाउँठाउँमा आफ्नो छोराछोरीलाई उच्च शिक्षा हासिल गर्न सकुन भनि बहादुरगञ्जमा क्याम्पस सञ्चालन गर्न ठोस कदम चालेको पनि बताउनु भयो ।
बहादुरगञ्जमा रहेको शिवराज अस्पताललाई अञ्चल स्तरको सेवा सुविधायुक्त बनाउने लक्ष्य लिएको बताउनु भएको छ । गरिव घरपरिवारमा अलि जटिल किसिमको डिलेभरी, अपरेशन गराउन प¥यो भने बुटवल,भैरहवा जानुपर्ने भएकोले थप सहयोग आउन साथ सुविधा सम्पन्न अस्पाताल बनाउने बताउनु भयो ।

यस अस्पतालमा ग्यानाकोलोजिस, फिजिसयिन, सर्जन डाक्टरको अति आवश्यक रहेको बताउनु भयो । यहाँँ भारतको विभिन्न ठाउँबाट पनि सेवा लिन आउने गरेको पनि शाहले बतउनु भएको थियो । नगरपालिकामा ३ ओटा बर्थिङ सेन्टरबाट राम्रो सेवा प्रवाह गरिहेको बताउँदै बाँकी २ ओटा वडामा स्वास्थ्य चौकी बनाउने प्रक्रिया चलिरहेको शाहले बताउनु भयो ।

कृष्णनगर नगरपालिका नेपाल र भारत भन्सार नाका भएकोले व्यापारिक दृष्टिकोणले महत्वपूर्ण केन्द्र मानिन्छ । यहाँ बजारीकरण गरी स्मार्ट सिटी बनाउन सकिने शाहले बताउनु भएको थियो । यसै क्रममा सबैलाई आ–आफ्नो गाउँठाउँ, गाउँपालिका, नगरपालिकाबाट सरसफाई गरी अन्य देशमा समेत चिनाउनका लागि उदाहारणीय नमुना कार्य गर्न आग्रह समेत गर्नु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP