Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराज नगर भित्रका विद्यालय बन्द,रेडियो शिक्षा प्रभावकारी बन्यो


माधव बेल्बासे
चन्द्रौटा,१४ साउन

कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना संक्रमितको सख्या बढेपछि विद्यालयहरु पुर्ण रुपमा बन्द भएका छन् । ४ महिना देखि बन्द रहेका विद्यालयहरुमा अवस्था सामान्य हुने देखिएपछि संचालन गर्ने तयारी गरिएको र एक्कासी धेरै मात्रामा संक्रमित भएपछि विद्यालय पुनः बन्द भएका छन् । घरदैलो तथा टोलटोल गएर अध्यापन गराउने नगरका दुई जना शिक्षक संक्रमित भएपछि वैकल्पीक शिक्षा नगरले बन्द गरेको छ ।
स्थानिय तहको समन्वयनमा कालिका स्वालम्वन सामाजिक केन्द्रले जिल्ला भर संचालन गरेको रेडियो शिक्षा कार्यक्रम भने प्रभावकारी बनेको छ । विद्यालय बन्द भएपछि विद्यार्थीहरु घरमै बसेर रेडियो सुन्दै पढने गरेका छन् । जिल्लाको रेडियो कपिलवस्तु,रेडियो बिजयनगर र रेडियो शिवराजले उक्त रेडियो शिक्षा कार्यक्रम प्रशारण गरिरहेका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तु संयोजनमा रेडियो शिवराजले उत्पादन गरेको उक्त शिक्षा जिल्ला भर प्रभावकारी बनेको पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताउनुभयो । अहिलेको अवस्थामा विद्यालय संचालन तथा अन्य सिकाई पनि जोखिम रहेकोले शिक्षकहरु सुरक्षित बनेर रेडियो मार्फत शिक्षा प्रदान गर्नुपर्ने भुसालले बताउनुभयो ।
रेकर्ड गर्दा समेत कोरोनाको जोखिम रहने भएकोले यसमा प्रविधिको प्रयोग गरिने रेडियो शिवराजका स्टेसन म्यानेजर दिपक केसीले बताउनुभयो । रेडियोमा रेकर्ड हुने उक्त कार्यक्रम अब घरमै रेकर्ड गरेर रेडियो पठाउने र प्रशारण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । रेडियो शिक्षा सुन्ने विद्यार्थीहरुको सख्या रहेकोले अवको विकल्प रेडियो शिक्षा हुने उहाँले बताउनुभयो । रेडियो मार्फत प्रशारण भएको कार्यक्रम अधिकांश विद्यार्थीहरुले सुनेर प्रतिक्रिया दिने गरेको राष्ट्रिय मावि चन्द्रौटाका शिक्षक विष्णु भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP