Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पीएसजीलाई लिग कपको उपाधि

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि उचालेको छ । शुक्रबार राति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि उचालेको हो ।

अन्तिम पटक आयोजित लिग कपको फाईनल खेल गोल रहित बराबरीमा सकिएको थियो । सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए ।

पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए । करिब ५ हजार दर्शक फाईनल खेल हेर्न उपस्थित थिए । गत अप्रिलमा फ्रान्सको घरेलु फुटबल बन्द गरेपछि यो दोस्रो औपचारिक खेल थियो । गत शुक्रबार पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको थियो ।

खेलको अतिरिक्त समयमा लियोनले राम्रो खेल प्रर्दशन गरेको थियो । खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खादै मैदान बाहिरिएका थिए । उनले डिबक्सभित्र पीएसजीका विङ्गर एन्जल डी मारियलाई फल गरेका थिए ।

पीएसजीले फाईनल खेलमा फरवार्ड केलियन एम्बाप्पेलाई गुमाएको थियो । मांशपेशीमा समस्या आएसंगै उनी तीन हप्ता मैदान बाहिर छन् ।पीएसजीले यसअघिनै सुपर कप, फ्रेन्च कप र लिग वानको उपाधि उचालिसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP