Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

“स्वास्थ्यलाई पहिलो प्राथमिकता” : उपप्रमुख थारु

चन्द्रौटा(कपिलवस्तु), १६ असोज ।

स्वास्थ्य नै विकासको पूर्वाधार भएको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताएकी छन् । महिला, बालबालिका तथा किशोर किशोरीका स्वास्थ्यप्रति नगरपालिकाले पनि विशेष चासोको रुपमा लिएको उनले उद्घोष गरिन् ।

यौन तथा प्रजनन् स्वास्थ्य र युवा सशक्तिकरण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख थारुले यस्तो बताएकी हुन् । उनले मातृ तथा शिशुलाई स्वास्थ्यलाई मध्यनजर गर्दै लक्षित समूह पहिचानका लागि सुनौलो हजार दिनका आमाहरुसँग उपमेयर कार्यक्रम ल्याएको जानकारी दिइन् । नगरका हरेक विद्यालयमा किशोरीका लागि सेनेटरी प्याड वितरण कार्यक्रम ल्याएको बताइन् । असी वर्षमाथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, घुम्ती शिविर, खोप तथा गाउँघर क्लिनिक, खोप वितरण केन्द्र संचालन र व्यवस्थापनका लागि कोल्ड स्टोर लगायतका कार्यक्रम ल्याएको उपप्रमुख थारुले जनाइन् । उमेर नपुग्दै हुने गर्भवती दरमा कमी ल्याउन र हरेक वडामा वर्थिङ सेन्टर संचालनका लागि समेत नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको उपप्रमुख थारुले बताइन् । स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या र चुनौतीलाई घटाउन सहयोगी निकायहरुसँग समन्वय गरी अगाडि बढ्ने समेत उपप्रमुख थारुले प्रतिबद्धता जाहेर गरिन् ।

कार्यक्रममा शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले किशोर किशोरीलाई परामर्श सेवाको खाँचो रहेकोमा जोड दिए । पछिल्लो समय १५ वर्षमुनिका बालबालिकाहरुमा समेत आत्महत्या जस्ता घटना बढेकाले विद्यालय तहमा परामर्श सेवाको आवश्यकता खड्किएको उपसचिव पन्थीले जिकिर गरे । कार्यक्रममा यूएनएफपीएका कपिलवस्तु प्रमुख चित्र महतोले नेतृत्व तहमा बस्नेलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले आफूहरुले सरकारको सहयोगीको भूमिका निभाउँदै आएको उद्घोष गरे । स्वास्थ्य क्षेत्रमा सरकारले ठूलो धनराशि खर्चिएपनि समस्या र चुनौतीमा कमी नआएको औल्याउँदै सबैले आ आफ्नो दायित्व बहन गरेमा स्वास्थ्य क्षेत्रमा प्रभावकारिता आउने विश्वास व्यक्त गरे ।

यता शिवराज नगपालिका स्वास्थ्य शाखाका प्रमोद ज्ञवालीले स्वास्थ्य संस्था र विद्यालय स्तरीय कार्यक्रम संचालन गर्न सकेमा स्वास्थ्यमा परिवर्तन आउने विश्वास व्यक्त गरे । कार्यक्रमकी सहभागी किशोरी शिला थारुले किशोर किशोरीहरुका लागि स्वास्थ्य सेवाबारे विभिन्न किसिमका कार्यक्रम संचालन गर्नुपर्ने माग राखिन् ।

शिवराज नगरपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा अभिमुखीकरण आयोजना गरिएको थियो । अभिमुखीकरणमा सिद्धार्थ सामाजिक विकास केन्द्रका पोम नारायण पौडेलले स्वास्थ्य र शिक्षा नै देश विकासको पूर्वाधार भएकाले यसमा सबैले लगानी गर्नुपर्ने धारणा राखेका थिए । बसन्त गैरेले सहजीकरण गरेका कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग यूएनएफपीएले गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP