Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विश्व दृष्टि दिवसमा फलफुल वितरण

                        

“दृष्टि पहिलो प्राथमिकता” भन्ने मुलनाराका साथ विश्व दृष्टि दिवस फलफुल वितरण गरि मनाईएको छ । नेपाल नेत्र ज्योति संघ आखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द(कालेबाबु) नारायणी आखा अस्पताल बहादुरगंजले आखा चेकजाच गराउना अउने बिरामीहरुलाई फलफुल वितरण गरि विश्व दृष्टि दिवस मनाएको छ । नसरुल्ला खानको अध्यक्षतामा एक कार्यक्रम गरि बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो भने कार्यक्रमको संचालन नेत्र सहायक रजनीस श्रीवास्तवले गरेका थिए ।  कार्यक्रममा सहभागी ३० जना विरामीहरुलाई फलफुल वितरण गरिएको कार्यालय सहयोगी चिन्ता मणीले जनाएका छन ।

विश्व दृष्टि दिवस किन मनाईन्छ

  •  यो दिवस हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहिवारको दिन पर्ने गर्छ । अन्धोपन र दृष्टि कमजोरको बारेमा विश्वको ध्यानार्षकण गराउनाको लागि यो दिवस मनाउने गरिन्छ । विश्वमा लगभग साढे सात अरब जनसंख्यामा विश्वब्यापी रुपमा नै अनुमानित १.३ बिलियन मानिसहरुमा कुनै न कुनै किसिमको दृष्टिमा कमजोरी रहेको तथ्यांकले देखाएको छ । टाढा हेर्ने दृष्टिको कुरा गर्ने हो भने करिब १८८.५ मिलियन मानिसहरुमा माइल्ड भिजन इम्पेयरमेन्ट, २१७ मिलियन मानिसहरुमा मोडरेट खालको भिजन इम्पेयरमेन्ट र करिब ३६ मिलियन मानिसहरु दृष्टिविहिन रहेको तथ्यांकले देखाइको छ । त्यसतै नजिक हेर्ने दृष्टिको कुरा गर्ने हो भने विश्वभरिमा करिब ८२६ मिलियन मानिसहरुमा  Near Vision Impairment रहेको छ । बिश्वव्यापी रुपमा दृष्टि कमजोरीको मुख्य कारण Uncorrected refractive error र मोतियाबिन्दु रहेको छ । ८० प्रतिशत दृष्टि कमजोरी हटाउन सक्ने देखिएको छ भने ५० बर्ष भन्दा बढि मानिसहरुमा दृष्टि कमजोर रहेको पाइएको छ । रोगहरुको अन्तर्राष्ट्रिय बर्गिकरण ११ का अनुसार दृष्टि कमजोरलाई मुख्य गरि २ भागमा बाडिएको छ , टाढा र नजिकको दृष्टि कमजोरी । टाढाको दृष्टि कमजोरीलाई पनि ४ भागमा बाडिएको छ । जसअनुसार ६÷१२ भन्दा खराब दृष्टि क्षमता छ भने त्यसलाई माइल्ड, ६÷१८ भन्दा पनि खराब छ भने त्यसलाई मोडरेट, ६÷६० भन्दा पनि कम दृष्टि क्षमता छ भने त्यसलाई सिभियर र ६÷६० भन्दा पनि झन खराब दृष्टि क्षमता छ भने त्यसलाई दृष्टिविहीनमा बर्गिकरण गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP