Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सिन्धुपाल्चोक दुर्घटना : कम क्षमता भएको गाडीमा बढी यात्रु, ११ जनाको मृत्यु

काठमाडौँ

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा दुर्घटनामा परेको बसमा ८० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँतर्फ जादै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

३९ सिट क्षमता भएको बसमा ८० भन्दा बढी यात्रु रहेको प्रारम्भिक जानकारी आएको काभ्रे प्रहरीले जनाएको छ ।

काभ्रे प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार यतिबेला धुलिखेल अस्पतालमा ४५ जना यात्रुको उपचार भइरहेको छ भने शिर मेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालबाट २ जना बिरामीलाई न्युरो अस्पतालमा रिफर गरिएको छ । त्यसैगरी काठमाडौँको ट्रमा सेन्टरमा १३ जनाको उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार ५ पुरुष, ४ महिला र २ बालबालिकाको मृत्यु भएको पुष्टी भएको छ । यद्यपि मृतक सबैको पहिचान खुलिसकेको छैन । घाइतेहरुको उपचार जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बसमा क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने घटनास्थलमा रहेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षकले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP