काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रशोधित पानीको खुद्रा बजार मूल्य बृद्धि गरिदिएको भन्दै सर्वत्र विरोध भएको छ ।
विभागले पानीको प्रतिजार अधिकतम ५० रुपैयाँ र प्रतिबोटल १६ रुपैयाँ तोकिदिएपछि विभागको निर्णय व्यापारीबाट प्रभावित भएर आएको भन्दै आलोचना भइरहेको छ ।
यसअघि बजारमा सदरदर ३० रुपैयाँ प्रतिजार पाइने पानीको मूल्य सरकारले व्यवसायीहरुसँगकै मिलेमतोमा वृद्धि गरेर ५० रुपैया बनाएको उपभोक्ताकर्मीहरुले आरोप लगाएका छन् ।
व्यवसायीहरुबाट लाभ लिएर उपभोक्ताहरुलाई मर्कामा पार्ने निर्णय विभागले गर्न नमिल्ने र त्यसका विरुद्धमा आफुहरु आन्दोलिन हुनु पर्ने उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ ।
बजारमा पानीको कुनै समस्या नरहेको र मुल्य बृद्धिको लागि कुनै न्यायोचित कुरा पनि नउठेको बेलामा एक्कासी मुल्यबृद्धि हुन रहस्यम भएको उनीहरुले बताएका छन् ।
उपभोक्ताहरुले पानीको मुल्यतिर भन्दा पनि गुणस्तर तिर ध्यान दिन विभागलाई सुझाव दिएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया