Trending
flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ

दलित मानव अधिकारको छैठौँ साधारण सभा सम्पन्न

राम प्रघट कोरी
कपिलवस्तु कार्तिक १
दलित मानव अधिकार निगरानी समितिको छैठौँ साधारण सभा सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं. ५ चन्द्रौटामा शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान सहित साधारण सभा भएको हो ।


यस दलित मानव अधिकार निगरानी समितिले समाजमा रहेको दलित माथि हुने विभेद, महिला हिंसा अन्त्यको लागि विभिन्न रचनात्मक कार्यक्रम, सशक्तिकरणको साथै राज्यको मूल प्रवाहमा यस समुदायको पहँच पु¥याउनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारीले चौधरीले दलित मानव अधिकार निगरानी समितिले दलित समुदायमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी जागृत गर्ने कार्यमा महत्वपर्ण भुमिकाको निर्वाहमा सह्रनिय काम गरिरहेको बताउनु भयो ।

दलित समुदायको सशक्तिकरण,क्षमता विकास तालिम, अभियान चलाई उक्त समुदायको उत्थानममा जोड दिएको चौधरीले बताउनु भयो । उहाँले आफ्नो हक अधिकारका लागि आफैँ वकालत गर्र्न सके मात्र विभिन्न विभेद, हिंन्सा छिटै हट्ने दलित समुदायको विकास हुने कुरामा जोड दिनु भयो ।

यस्तै कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष मिना परियारले सरोकारवाला निकायको ध्यान आकर्षण गराई पिडित पक्षमा वकालत गर्दै विभिन्न सीप, तालिम, संगठन प्रवद्र्धन र परिचालन गर्ने अधिकार स्थापित गर्ने पतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव प्रोख्रेलले दलित मानव अधिकार निगरानी समितिले सह्रनिय कार्य गरेको भन्दै प्रगतिको कामनाको साथै सवैलाई शुभ दिपावली र छठ पर्वको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारको अध्यक्षता, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारीको प्रमुख अतिथ्यता, नेपाल पत्रकार महासघं पुर्व केन्द्रिय सदस्य निशा विश्वकर्माको विशिष्ट अतिथ्यता, शिवराज नगरकार्यपालिका सदस्य टिका विश्वकर्मा, वाणगंगा नगरकार्यपालिका सदस्य कृष्ण सुनार, रामदेव पासी, बुद्धभूमि नगरकार्यपालिका सदस्य रामदेव पासी, मानव अधिकार पतिष्ठानका संयोजक विष्णु प्रसाद खतिवडा, चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव प्रोख्रेल, उद्योग वाणिज्य संघका महासचिव दमन भाट क्षेत्री, दियालो नेपाल संस्थाका अध्यक्ष तारा थापाको अतिथ्यतमा भएको थियो भने कार्यक्रम सञ्चालन खुम बहादुर विश्वकर्माले सञ्चालन गर्नु भएको भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP