Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सहकारी पैसाको मात्र कारोवार गर्न नहुने : सासद केसी

अध्यक्षमा पुनः भाट

माधव बेल्वासे
कपिलवस्तु

प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सहकारीले पैसाको मात्र कारोवार गर्न नहुने तर्क राख्नुभएको छ । धेरै सहकारी एउटै उद्देश्य ,जुन पैसाको लेनदेन मात्र गरिरहेका छन अव त्यस्ता सहकारीले अन्य क्षेत्रमा पनि लगानी लगाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।

कपिलवस्तुको चन्द्रौटामा रहेको अरनिको बचत तथा ऋण सहकारीको चौथो अधिवेशन तथा दशौ साधारण सभाको अवशरमा वोल्दै सांसद केसीले यस्तो वताउनुभएको हो । सहकारीले कृषि क्षेत्रलाई विशेष जोड दिएर कृषकहरुलाई सहुलियतमा ऋण उपलव्ध गराउनुपर्ने जनाउनुभयो ।

कृषि क्षेत्रमा व्यापाक रुपमा विकास गर्नुपर्ने भएकोले सरकारलाई सहकारीले पनि सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो । दश वर्षको अवधिमा उल्लेखनीय काम र अर्थतन्त्रमा फड्को मारेको वताउदै सहकारी संचालक समितिको प्रशंसा गर्नुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सहकारी ब्यावस्थापनको लागी नगरले समेत लगानी गरेको हुदाँ अव सहकारी ब्यावस्थित हुुनुपर्ने जनाउनुभयो । नगरमा झण्डै ४ दर्जन सहकारी भएको उल्लेख गर्दै जनताको आर्थिक अवस्था सुधारको लागी योजना मुलक काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष दमन क्षेत्री(भाट)ले स्वास्थ्य क्षेत्रमा ,हावाहुरी पिडितलाई सहयोग सगै सहकारीहरुको अवलोकन गरेको वताउनुभयो । सुरुमा ३० जना वाट सुरु गरिएको उक्त सहकारीका अहिले ६ सय १२ जना सदस्य पुगेको जनाउनुभयो । सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष माधव पाण्डेले ९ करोड ५३ लाख ४ हजार ७ सय १६ बरावरको आय व्याय सार्वजनिक गर्नुभएको छ ।

कार्यक्रममा नेकपाका दिनेश पुन,काग्रेसका मधुसुधन पोख्रेल,समाजवादी पाटीका कृष्णकुमार चौधरी,व्यापार संद्द कपिलवस्तु अध्यक्ष महादेव पोख्रेल,उद्योग वाणिज्य संघ चन्द्रौटा अध्यक्ष जमसेद मिया,महिला अधिकार कर्मी मिना परियार,मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद खतिवडाले सहकारीको सफताको कामना गर्दै अधिशेन वाट चयन भएको नया समितिलाई वधाई ज्ञापन गरेका छन । चौथो अधिवेशनले पुन : नारायण भाटको अध्यक्षतामा समिति गठन भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP