Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

शिवराजको वडा नं. १० लालपुरमा १२ जनाको उम्मेदवारी ।।


दिपक के.सी.
कपिलवस्तु २७ कपिलवस्तु
कपिलवस्तुको शिवराजनगरपालिका वडा नं. १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाको उम्मेदवारी परेको छ । यहि मंसिर १४ गते अध्यक्ष पदका लागी हुने उप निर्वाचनमा बुधबार १२ जनाले मनोनयन दर्ता गराएको मुख्य उप निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा नं. १० को अध्यक्ष पदका लागी नेपाल कम्युनिष्ट पार्टि नेकपाबाट अदालत मनिहार, नेपाली काग्रेसबाट देवराज भारती, समाजवादी पार्टि नेपालबाट तिर्थ बहादुर रायमाझि, राजपाबाट मन्जु मिश्र, जनमत पार्टिबाट महोम्द हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।


यस्तै ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी,रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ ।
मनोनय दर्ताको गर्दै नेकपाका उम्मेदवार अदालत मनिहारले आफ्नो जित सुनिश्चित रहेको बताएका छन । विकास र समृद्धिका लागी नेकपालाई वडा बासी मत दिने उनले विश्वास व्यक्त गरे । नेपाली काग्रेसका उम्मेदवार देवराज भारतील आफ्नो जित सुनिश्चित भएको जनाउदै डिसेम्बर १ मा विजयी र्यालीमा सहभागि हुन अनुरोध गरे । यता समाजवादी पार्टिका तिर्थ बहादुर रायमाझिले वडा वासीको विकासका लागी आफुलाई जनताले भोट दिने बताए । समग्र विकासका लागी वडा बासीले आफुलाई मत दिएर विजयी गराउने राजपाका मन्जु मिश्रले बताइन ।
वडा नं. १० को निर्वाचनमाआज मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन सम्पन्न भएको छ । उम्मेदवारको विरोधमा उजुरी दिने कार्तिक २८ गते, मनोनय पत्र र उजुरी उपर जाचबुझँ कार्तिक २९ गते, मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन कार्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने कार्तिक ३० गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्तिक ३० गते,उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान मंसिर १ गते र मतदान मंसिर १४ गते गर्ने कार्यक्रम रहेको छ । कार्यालयले मतदान पश्चात मतगणना, नतिजा घोषणा ,विजेता घोषणा लगायतको काम गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP