Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

७.५ किलाे अफिम सहित २ जना पक्राऊ

कपिलवस्तु

कपिलवस्तुकाे कृष्णनगर प्रहरीले साढे ७.5 किलाे अफिम सहित एक महिला र एक जना पुरुष अटो चालकलाई पक्राऊ गरेकाे छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले निरन्तर चेकिङ्ग गर्ने क्रममा मंगलबार राती १० बजे कृष्णनगर पिपलबोटको चेक प्वाईन्टबाट सो अफिम बरामद गरेको हो ।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगर तर्फ आएको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेली बस्ने ४९ बर्षकी सिता रोकालाई शंका लागी चेक जाँच गर्दा निजले बोकेर ल्याएको झोलाबाट ७.५ किलो अफिम बरामद गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए । चालकको सिट पछाडी अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा २.५ केजी र पछाडी राखेको रेग्जिनको झोलामा रहेको साढे ५ केजी गरि ७.५ किलाे भेटिएको हो । रोका सगै प्रहरीले अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ का २० बर्षिय शुसिल क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको उपरिक्षक अधिकारीले स्पष्ट पारे । प्रहरीले बरामद गरेको अफिम भारत पुर्याए पछिको अन्तरराष्ट्रिय बजार मुल्य १ करोड बढि पर्ने बताईन्छ । कपिलवस्तु प्रहरीले लागु औषध ओसारपसार नियन्त्रणका लागी थप कडाई गरे सगै पछिल्लो समय सिमा क्षेत्रमा लागु औषध बरामद हुने क्रम बढेको छ ।

यस अघि अशोज ७ गते पनि कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्कबाट शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा ३७ केजी चरेस सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको टोलीले शंका लागी निगरानी गर्दै गर्दा कृष्णनगरको भारतको सिमा क्षेत्रमा पुग्न थालेका मकवानपुर जिल्ला मनोहरी गाँउपालिका ९ कि ४० बर्षिय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ बर्षिय बसन्ती घर्तिलाई प्रहरीले चरेस सहित नियन्त्रणमा आएका थिए । नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले गुडाउने लगेज र ग्यास सिलिण्डरमा चेकजाँच गर्दा तल पिधमा प्वाल पारी लुकाएको सो परिमाणको चरेस बरामद गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP