Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

वाणगंगा नगरपालीका वडा नम्बर ९ द्धारा आधारभूत तह (१–८) सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण

वाणगंगा नगरपालिका वडा नम्बर ९ ले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा नम्बर ९ अन्तरगत रहेका आधारभूत तह (१–८) सम्मका विद्यार्थीलाई एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रमको शुभारम्भ उपमेयर चक्र अर्यालले शुद्धोदन मावि जिनुवामा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै गर्नुभएको हो । उक्त विद्यालयमा अध्ययनरत १ सय ४३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । वडाले बालबालिका अन्तरगत छुट्याइएको बजेट बाट कार्यक्रम गरिएको भन्दै वडा अध्यक्ष धुब्र बेल्वासेले वडामा रहेका १ मावि र ४ वटा आधारभूत विद्यालयमा ६ सय ९३ विद्यार्थीलाई सुइटर वितरण गरिएको जानकारी दिनुभयो । चिसो बढेसंगै विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाको भनाई छ ।
यस्तै वाणगंगा नगरपालिका स्वास्थ्य शाखाले पनि महिनावारी स्वास्थ्य ब्यवस्थापनका लागि विद्यालयमा १ सय ५० थान सेनेटरी प्याड वितरण गरेको छ । किशोरकिशोरीमैत्री स्वास्थ्य कार्यक्रम अन्तरगत प्याड वितरण गरिएको हो । कार्यक्रमको सहजीकरण वडा सचिव सन्तोष कुमार बैठाले गर्नुभएको थियो । कार्यक्रममा वाणगंगा नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, सहसंयोजक भक्तिराम पाण्डे लगाएतको उपस्थितीमा गरिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP