Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

प्रतिबन्ध फुकुवापछि सन्ताेषले भने– अब दायाँ-बायाँ नगराैँ, फुटबलमा ‘फाेकस’ गराैँ

काठमाण्डाै – कुवेतविरुद्ध विश्वकप छनोट खेल्न भुटान प्रस्थान गर्नुअघि नेपाली चार जना फुटबलरहरु नाइट क्लबमा गएको पाइएपछि प्रतिबन्धमा परेका थिए ।

नेपाली टिमका स्ट्राइकर विमल घर्ति मगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले अनुशासनको पालना नगरेकाे भन्दै कारबाही गर्दै प्रतिबन्ध लगाएको थियो । अन्जन र सन्तोषको ४५ दिने प्रतिबन्ध फुकुवा भएको छ भने दिनेश र विमलको भने ९० दिने प्रतिबन्ध बाँकी नै छ ।

त्रिभुवन आर्मीका सन्तोष ४५ दिने प्रतिबन्ध फुकुवासँगै वुधबार थ्रीस्टारविरुद्धको खेलमा मैदान प्रवेश गरे । सन्तोषसले जारी सिजिनको पहिलो ए डिभिजन लिग खेल्दै सुखद् सुरुवात पनि गरेका छन् ।

सुरुमै प्लेइङ सेटमा अटाएका सन्तोषले पूरै समय मैदानमै बिताए । आर्मीले थ्रीस्टारविरुद्ध २–० को सहज जित निकाल्दा सन्ताेष एक गोल गर्न सफल भए । सन्तोषले १७ औँ मिनेटमा थ्रीस्टारको पोस्टमा चार्ज गर्दा डिफेन्डरहरुले किलियर गरेका थिए । ७९ औं मिनेटमा सन्तोषले व्यक्तिगत पहिलो गोल गर्दा आर्मी २–० ले विजयी हुन सफल भयो ।

थ्रिस्टारविरुद्धकाे खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष तामाङ केल्मी ‘म्यान अफ द म्याच’ पनि भए । प्रतियोगितापछि आयोजित ‘पोस्ट म्याच’ कन्फ्रेन्समा उपस्थित भएका सन्तोषले आफू एन्फाको प्रतिबन्धपछि धेरै नै रोएको बताए ।

आफ्नै गल्तीका कारण सुरुदेखि लिग खेल्न नपाउँदा फुटबललाई ‘मिस’ गरेको बताएका सन्तोषले युवा खेलाडीहरुलाई यता उता केही नहेरि फुटबलमा ‘फोकस’ हुन पनि आग्रह गरे । 

यसैबीच एन्फा मैदान सातदोबाटोमा भएकाे पहिलाे खेलमा विभागीय क्लब नेपाल पुलिसले गएकाे संस्करणको उपविजेता संकटालाई २–१ गोल अन्तरले पराजित गर्‍याे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP