Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बाख्राकाे गाेठमा हथियार बरामद

कपिलवस्तु

बाख्राकाे गाेठबाट प्रहरीले हथियार बरामद गरेकाे छ ।

जिल्लाकाे कृष्णनगर नगरपालिका वडा नं. ८ लोहरौला बस्ने अस्लम मुसलमानको घरबाट दिउँसो ४ बजेको समयमा १ कि.मी.उत्तर पुर्व पर्ने आफ्नै खेतमा फुसले छाएको कच्ची बाख्रा गोठमा लुकाई राखेको हातहरियार प्रहरीले बरामद गरेको छ ।

गोप्य सुचनाकाे अधारमा ईप्रका गणेशपुरबाट प्रनि रण बहादुर विष्टको कमाण्डमा खटिईएको टोली र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रनानि गगन शाहीको कमाण्डमा खटिएको संयुक्त टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

हाथहथियारमा १२ बोर बन्दुक २ थान, सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अं.३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

अस्लम मुसलमानको खोत तलास तथा हाथहथियार बारे अनुसन्धान प्रकृया अगाडि बढी रहेकाे कपिलवस्तु प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP