Trending
flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ

बांके राष्ट्रिय निकुञ्जमा यात्रुलाई सास्ती ।।

सनिउल्ला धोबी, माघ २५,

बांके राष्ट्रिय निकुञ्जमा यात्रुलाई सास्ती हुँदै आएको छ । निकुञ्जका कर्मचारीहरुले बाहिरबाट आएको यात्रुहरुबाट विभिन्न नियम बताएर रकम असुल्दै आएका छन । शनिबार कपिलवस्तुबाट आएको एकबाट निकुञ्जका कर्मचारीले अनावश्यक नियम बताउदै रसिद काट्न बध्य बनाएका थिए । हिडिरहेको बसमा यात्रु विरामी भएपछि रुकेको बसलाई किन रोकेको भन्दै अनावश्यक रुपमा रसिद काट्न बध्य बनाएको पाइएको छ । बा १ झ ९३३१ नम्बरको जिपमा आएका ७ जानको टोलीले बसको यात्रुलाई अनावश्यक टीका टिप्पणी गर्दै रसिद काट्न बध्य बनाएको कपिलवस्तुबाट आएका जय प्रकाश पाण्डेयले बताउनु भयो ।

पाण्डेयले भने हामी सवार बसको चालक र सहचालकसगं निकुञ्जका कर्मचारीले अभद्र ब्यवहार गर्नुका साथै रसिद काट्न लगाएको बताउनु भयो । बाकें निकुञ्जको नियम मिचेको अरोप लगाउदै कर्मचारीले बसका सवारिलाई अभद्र ब्यवहार गरेको बताइएको छ । भुलबस बस बस रोकेकोले हामिलाई जान दिनु भन्दा कर्मचारीहरुले अनावश्यक रुपमा विवाद सृजना गर्दै रसिद काट्न बध्य बनाएका थिए ।

निकुञ्जका कर्मचारीहरुले हामी त मन्त्री सांसद र मेजरले गाडी रोकेको पाए छोड्दैनौ भन्दै धम्काएका थिए । बसमा सवार कपिलवस्तुको टोलिले निकुञ्जका कर्मचारीहरुमा नैतिक शिक्षाको कमि भएको बताएका छन । यता बांके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख प्रमोद भट्टराईले कर्मचारीले गलत ब्यवहार गरेको भए सत्यतथ्य पत्ता लगाएर कार्वाही गर्ने वताउनु भयो । प्रमुख भट्टराईले निकुञ्ज भित्र कुनै पनि सवारी साधन बिना अनुमति रोक्न नपाइने नियम रहेको छ तर अधिकांसले नियमको पालन नगरेलो पाइएको छ ।

हामिले सूचना दिदै निकुञ्जको संरक्षण गर्दै आएको उहाले बताउनु भयो । ।।।निकुञ्जको च्यात्तिएको सुचना बोर्ड ।। बांके राष्ट्रिय निकुञ्जको पुर्व पश्चिम राजमार्गमा लगाएको सूचना बोड्ले यात्रु झुक्किदै आएका छन । निकुञ्जको अधिकांस सुचना वोडहरु च्याटिएको छ । सूचना बोडहरु च्यात्तिएको बर्षौ बितेपनी यस तर्फ निकुञ्जको ध्यान जान नसकेको हो ।

सुचना वोड मर्मत तर्फ ध्यान नदिई यात्रुलाई समस्यामा पार्दै आएको पाइएको छ । च्यात्तिएको निकुञ्जको सुचनाबोड्ले गलत सन्देश दिएको पाइएको छ । निकुञ्जका कार्यालय प्रमुख प्रमोद भट्टराईले सूचना बोडको मर्मत सम्भार गर्ने कार्य जारी रहेको बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP