Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

काेराेना भाइरस : ज्यान गुमाउनेकाे सङ्ख्या १ हजार ६ सय ६९ पुग्याे

काठमाण्डौ – कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुगेको छ ।

अहिलेसम्म चीनमा एक हजार ६ सय ६५ जनाको ज्यान गएको छ भने चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको ज्यान गएको छ । त्यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ हजार पुगेको छ ।

नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

गएको शनिबार एकैदिन दुई हजार ६ सय ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो भने एक सय ४२ जनाको ज्यान गएको थियो ।

भाइरसको केन्द्रबिन्दु हुबेई प्रान्तको वुहान शहरमा सबैभन्दा धेरै एक हजार एक सय २३ जनाले ज्यान गुमाइसकेका छन् । हुबेईमा मात्र ५४ हजारभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण पाइएको छ ।

चीनका यातायात उपमन्त्री लियु शाओमिङ्गका अनुसार चीनमा मानिसहरुको आवागमनमा ६ गुणा कम गरिएको छ ।

शनिबार कोरोनाका कारण युरोपमा पनि एक जनाको ज्यान गएको छ । फ्रान्समा एक जना चिनियाँ नागरिकको ज्यान गएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP