Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतीय रुपैयाँसहित पाँचजना पक्राउ


दाङ

दाङ प्रहरीले अवैध भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीले दाङको अमिलियाबाट १५ लाख ७९ हजार पाँच सय ८० अवैध भारतीय रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको जनाको छ ।
भारतीय रुपैयाँसहित पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालिका(२ बस्ने ४० वर्षीय शसे विक, बारेकोट गाउँपालिका(८ जाजरकोट बस्ने २७ वर्षीय शिव सिङ्ग भनिने पूर्ण विक, तुलसीपुर उपमहानगर पालिका(५ बस्ने २७ वर्षीय हिरा विक, त्रिवेणी गाउपालिका(९ बस्ने ४३ वर्षीय प्रकाश केसी र कोहलपुर नगरपालिका(२ बस्ने ३४ वर्षीय मनकुमारी खत्री पक्राउ परेका हुन् ।
उनीहरुले बुद्धको मूर्तिलाई सुनको जलप लगाएर देउखुरीको राजपुर गाउँपालिका(७ को भैसाहीहुँदै भारतीय बजारमा लगेर बेचेको र त्यो पैसा लिएर नेपाल फर्किएको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले १५ लाख ७९ हजार ५ सय असी भारतीय रुपैयाँ र ३ हजार ४ सय ९५ रुपैयाँ नेपाली बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिए ।
राजपुर गाउँपालिकाको भैसाही नाकाहुँदै अमिलिया पुगेर बस चढ्ने क्रममा इप्रका अमिलियाको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP