कपिलवस्तु
कपिलवस्तुका दुई स्थान बाट प्रहरीले अबैध रुपमा नेपाल भित्र्याउदै गरेका ३ हजार कुखुराकाे चल्ला पक्राऊ गरि नष्ट गरेकाे छ । कृष्णनगर नगरपालिका ४ रंगपुबाट २ हजार र महाराजगंज नगरपालिका ७ सतभराबाट १ हजार गरि ३ हजार बाेइलर कुखुराकाे चल्ला पक्राऊ गरि नष्ट गरेकाे प्रहरीले जनाएको छ । भारत बाट नेपाल प्रवेश गराउन खोज्दा कुखुराकाे चल्ला पक्राऊ गरिएकाे ईप्रका कृष्णनगरले जनाएकाे छ । नेपालमा प्रतिबन्ध रहेकाे चल्ला चाेरी बाटाे प्रयाेग गरि रातिकाे समयमा ल्याई रहेकाे सुचनाकाे आधारमा पक्राऊ गरिएकाे ईप्रक कृष्णनगर प्रहरी निरिक्षक सुकदेव पाैडेलले बताउनुभयो । पक्राऊ परेकाे चल्ला करिव ३ लाख बराबर रहेकाे र कष्णनगर नगरपलिका ४ स्थित चरगहवा नदिमा नष्ट गरिएकाे प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया