Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अफगानिस्तानका रहमानुल्लाह गुर्बाजले काठमाडौंबाट ईपीएल खेल्ने

असोज, काठमाडौं । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले काठमाडौं किंग्स ११ बाट चौथो संस्करणको एभरेट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

काठमाडौंले गुर्जाबलाई ईपीएलको लागि अनुबन्ध गरेको जनाएको छ । उनी काठमाडौंमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् ।

यही असोज ९ देखि २५ गतेसम्म हुने ईपीएलका लागि काठमाडौंले यसअघि नै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी र सिंगापुरका जनक प्रकाशलाई अनुबन्ध गरिसकेको छ । गुर्बाज केही दिनमै काठमाडौं आइपुग्ने जनाइएको छ । गुर्बाज अफगानिस्तानका लागि ओडीआई डेब्युमै शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

२० वर्षीय गुर्बाजले अफगानिस्तानका लागि ३ ओडीआई र १३ टी–२०आई म्याच खेलेका छन् । यसै वर्ष जनवरीमा आयरल्याण्डविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले १२७ रन बनाएका थिए ।

उनले २०१९ मा जिम्बावेविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । गुर्बाजले अहिलेसम्म ४८ टी–२० म्याच खेल्दा एक हजार १८६ रन बनाएका छन् ।

यस पटक काठमाडौंको कप्तानी नेपालका ग्लोबल टी–२० सुपरस्टार सन्दीप लामिछानेले गर्दैछन् । यस्तै प्रशिक्षकमा काठमाडौंले कलाम अलीलाई नियुक्त गरिसकेको छ ।

सन्दीपसँगै राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि काठमाडौंबाट खेल्नेछन् । तर ओमान टूरमा घाइते भएका दीपेन्द्रले ईपीएल खेल्ने नखेल्ने टुंगो लागिसकेको छैन । यस्तै ओमान टूरमा सिनियर टिममा डेब्यु गरेका १७ वर्षीय फास्ट बलर गुल्शन झा पनि काठमाडौंमा अनुबन्ध भइसकेका छन् ।

काठमाडौंमा राष्ट्रिय टिमबाट खेलिसकेका सुवास खकुरेल, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी, राजु रिजालदेखि अमित श्रेष्ठ, अमर सिंह राउटेला लगायत खेलाडी छन् ।

अफ्रिदी र गुर्बाजको आगमनले काठमाडौंको टिम अझै बलियो बनेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP