Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुरक्षाकर्मीद्धारा भारतीय ट्रक सहित मटर पक्राउ

कपिलवस्तु , ७ असोज नेपाली मटर भारत तस्करी गर्ने ठूलो योजना कपिलवस्तुका दुई सुरक्षा निकायले विफल बनाएका छन् । ६ वटा भारतीय ट्रकमा लोड गरि भारत लैजादै गरेको ठूलो परिमाणको मटर नेपाल प्रहरी तथा शशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा क्षेत्रबाटै पक्राउ गरेको हो । बुधबार राती १० बजे नेपालमा खाद्यान्न लिएर छिरेका ६ वटा भारतीय गाडी भारत फर्कने क्रममा त्यसमा लोड गरिएको २ सय २५ क्वीन्टल मटर विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो । नेपाल प्रहरी तथा शशस्त्र प्रहरीको टोलीले कृष्णनगर भन्सार यार्ड क्रस गरि लिंकगेटमा रहेका सुरक्षाकर्मीहरुले भारतीय गाडी खानतलाशी गर्दा त्रिपालले छोपर राखेको मटर भेटिएको थियो । लगत्तै ६ वटै भारतीय गाडीका चालकहरु सवारी छाडेर भागेका थिए । शशस्त्र प्रहरी उपरिक्षक धु्रव कार्कीका अनुसार यूपी ३५ टी२४५३, यूपी ५३ टी ३६५८, यूपी७१ टी ११८४,यूपी ५५ टी १२५४, यूपी ५५टी ०९६६, यूपी ७८ एटी ८८२५ नम्बरको ट्रक मटर सहित नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले ६ वटै भारतीय ट्रकमा १५० थान बोराको दरले मटर राखिएको बताउनुभयो । विगत केहि दिन देखि भारत जाने खाद्यान्न बोकेका मालवाहक ट्रकमा मटर तस्करी भई भारत जाने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दै गर्दा पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो । पक्राउ मटरको बजारभाउ २७ लाख रहेकोे छ भने भारतीय ट्रकको मूल्यांकन ७५ लाख गरिएको छ । पक्राउ ६ वटै ट्रक तथा मटर राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ । श्रोत अनुसार पक्राउ ६ वटै भारतीय ट्रक गहु लिएर चन्द्रौटा स्थित सम्वृद्धि फुड्समा बुधबार दिउसो आएका थिए । उनीहरु फर्कने बेला कृष्णनगर १ बढ्या स्थित दृष्टान्त आयल सेन्टरमा तेल हालेका थिए । यसै बिचमा वा यहि बाटै मटर लोड भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP