Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२ मा, ओमान बाहिरियो

काठमाडौं । एसोसिएट राष्ट्र स्कटल्याण्ड आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । बिहीबार राति भएको पहिलो चरणको समूह ‘बी’ को खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड समूह विजेता बनेको हो ।

स्कटल्याण्ड पहिलो पटक टी-२० विश्वकपको सुपर १२ मा पुगेको हो । पहिलो खेलमै टेष्ट राष्ट्र बंगलादेशलाई पराजित गरेको स्कटल्याण्डले त्यसपछि पपुवा न्युगिनीलाई पराजित गरेको थियो । दुई खेल जितेको बंगलादेश समूह उपविजेता बन्दै सुपर १२ मा पुग्यो । २ अंक मात्र जोडेको ओमान भने समूह चरणबाटै बाहिरियो ।

सुपर १२ मा स्कटल्याण्ड ग्रुप २ मा परेको छ । यस समूहमा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् । अब पहिलो चरण अन्तर्गत समूह ए को अन्तिम खेलपछि बाँकी एक टिमको टुङ्गो लाग्नेछ ।

उता बंगलादेश भने ग्रुप १ मा परेको छ । यस समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्टइन्डिज छन् । टस जितेर पहिले ब्याटिङ गर्दै ओमानले दिएको १२३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

स्कटल्याण्डको जितमा कप्तान कायल कोयट्जरले ४१ रन बनाए । रिची बेरिङटनले अविजित ३७ रन बनाउँदा म्याथ्यु क्रसले अविजित २६ रन जोडे । जर्ज मुन्सेले २० रन बनाए । ओमानका खाँवर अली र फायज बटले १/१ विकेट लिए । त्यसअघि घरेलु टोली ओमानले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो ।

ओमानका लागि ओपनर अकिब इल्यासले ३७ रन बनाए भने कप्तान जोड्दा जिशान मक्सुदले ३४ रन जोडे । मोहमद नादिमले २५ रन बनाए । स्कटल्याण्डका जोस डाभीले ३ विकेट लिए । सफ्यान शारिफ र माइकल लीस्कले २/२ विकेट लिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP