Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

झापामा साढे ११ लाखभन्दा बढीको पटाका नष्ट

झापा : तिहार र छठलाई लक्षित गरी भारतबाट नेपाल भित्र्याइएको साढे ११ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरिएको छ। झापा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको उक्त पटाका सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नष्ट गरेका छन्।

खुला सीमा नाकाबाट प्रतिबन्धित पटाका नेपाल भित्र्याउने क्रममा सीमा नाका तथा बजारक्षेत्रबाट सशस्त्र प्रहरीले पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २ झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए। अनुमानित ८ लाख २० हजार ५ सय मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरिएको उनले बताए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट बरामद गरिएको अन्दाजी साढे ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरी आजै नष्ट गरेको छ।

जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य सङ्घ लगायतको रोहवरमा बरामद पटाका पानी भएको खाल्डोमा पुरेर नष्ट गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।

विगत वर्षभन्दा यो वर्ष पटाका थोरै मात्रामा भित्रिएको उनको भनाइ छ। कोरोना भाइरस र भारतको पश्चिम बंगाल सरकारले पटाका बिक्री वितरणमा पूर्ण रोक लगाएका कारण विहार नाकाबाट मात्र यो वर्ष पटाका भित्रिएको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP