Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

चीनद्वारा नेपाललाई १६ लाख डोज भेराेसेल खोप हस्तान्तरण

काठमाण्डाै – चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । 

आज बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई त्याे खोप हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले चीन सरकारले चालु आर्थिक वर्षभित्र सबै नेपालीलाई काेराेनाविरुद्धकाे खोप दिइ सक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले अहिलेसम्म चीन सरकारले नेपाललाई ३४ लाख मात्रा भेराेसेल खोप अनुदान सहायताका रूपमा उपलब्ध गराएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले दुई दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारीसमेत दिनुभयो ।

राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

स्वास्थ्य मन्त्री खतिवडाले नेपालले अहिलेसम्म चीनबाट खरिद प्रक्रियामार्फत एक करोड डोज कोभिडविरुद्धको खोप ल्याइसकेको पनि बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP