Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

राष्ट्र बैंककी सहायक निर्देशक ३० वर्षीया थापाको कोरोनाले मृत्यु

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई १२ दिनको अवधिमा पत्नी र पुत्रीशोक परेको छ। गत कात्तिक ४ गते थापाकी श्रीमती खुमा बुढा मगरको ४२ वर्ष उमेरमा र कात्तिक १५ गते छोरी कृति थापा राजभण्डारीको ३० वर्ष उमेरमा निधन भएको एमाले जिल्ला कमिटी सदस्य दिनेश फुल्लेले जानकारी दिए।

खुमा कृतिकी कान्छी आमा हुन्। उनकी आफ्नी आमा अञ्जु थापाको २०६६ सालमै मृत्यु भएको थियो। अञ्जुको निधनपछि कुमारले खुमासँग केही वर्षअघि विवाह गरेका थिए।

बुटवल उपमहानगरपालिका-१२, ढबाहा निवासी थापाका जेठा छोरा केशन थापा पनि सहिद गंगालाल हृदयरोग अस्पतालमा उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ।

गत असोज २८ देखि आएको ज्वरो बढ्दै गएपछि उपचार क्रममा कात्तिक ४ गते खुमाको मृत्यु भएको थियो। अस्पताल भर्ना गर्दा ज्वरो आउनुका साथै हेमोग्लोबिन घट्दै गएको र पछि ब्रेन ह्रयामरेजका कारण खुमाको मृत्यु भएको अस्पतालले जनाएको थियो।

खुमाको मृत्यु भएको १२ दिनपछि थापाकी छोरी कृतिको पनि मृत्यु भएपछि थापा र राजभण्डारी परिवार शोकमा डुबेको छ। कृति नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदमा कार्यरत थिइन्।

उनको काठमाडौं, भंगालका रवीन्द्र राजभण्डारीसँग ११ महिनाअघि विवाह भएको थियो। रविन्द्र राष्ट्र बैंक हुँदै हाल परराष्ट्र मन्त्रालयमा अधिकृत छन्। उनी यसै साता ब्राजिल जाने तयारीमा थिए। उनका जेठाजु गेहेन्द्र राजभण्डारी युरोपेली युनियनका लागि ब्रसेल्समा राजदूत छन्।

कृति आठ महिनाकी गर्भवती थिइन्। नियमित गर्भ परीक्षण गर्दै आएकी कृतिलाई चिकित्सकले मंसिरमा डेलिभरीको मिति दिएका थिए। तर असोज अन्तिम सातादेखि स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ८ गते अप्रेसन गरी बच्चा निकालिएको थियो। त्यसको एक सातापछि उनको मृत्यु भएको पारिवारिक स्रोतले बतायो।

सुरूमा खोकी बढ्दै गएपछि नर्भिक अस्पताल काठमाडौंमा उपचारका लागि गएकी उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। कोरोनासँगै मुटुमा समस्या देखिएपछि टिचिङ अस्पताल लगेर अप्रेसन गरी बच्चा निकालिएको थियो।

पारिवारिक स्रोतका अनुसार कृतिको १२ वर्षपहिले मुटुको अप्रेसन गरि भल्ब फेरिएको थियो। मुटुका चार भल्बमध्ये उनका तीनवटा भल्ब कृत्रिम थिए। अहिले त्यही भल्बमा समस्या आएपछि मुटुमा संक्रमण फैलिएको थियो।

पहिले नै मुटुका भल्ब फेरिएको र गर्भवती अवस्थामा कोरोना संक्रमणसँगै भल्बमा समस्या आएपछि संक्रमण फैलिँदै जाँदा उनको मृत्यु भएको हो।

बेहोस अवस्थामै अप्रेसन गरी बच्चा जन्माइएपछि एक सातासम्म भेन्टिलेटरमै रहेकी कृतिलाई चिकित्सकले १५ गते मृत घोषणा गरेका हुन्। उनको बच्चाको पनि टिचिङ अस्पतालमै उपचार भइरहेको छ।

यता आमाको किरिया बस्ने क्रममै मुटुमा समस्या देखिएपछि थापाका जेठा छोरा २७ वर्षीय केशन थापा गंगालाल हृदययरोग उपचार केन्द्रमा उपचाररत छन्। केशनको पनि मुटुको भल्बमा प्वाल देखिएपछि १२ वर्ष उमेरमा लेजरथेरापी गरिएको थियो।

लेजरथेरापी गरिएको १५ वर्षपछि अहिले फेरि भल्बमा समस्या देखिएको छ। अब भने मुटुको अप्रेसन गरी भल्ब फेर्न चिकित्सकले सुझाव दिएका छन्। पारिवारिक स्रोतका अनुसार उनको केही दिनभित्रै अप्रेसन गर्ने तयारी भइरहेको छ।

लामो समय सवारी चालक रहेका कुमार थापाले आधा दर्जनभन्दा बढी चलचित्र र टेलिचलचित्रमा समेत अभिनय गरेका थिए। उनले चलचित्र ‘औंठाछाप’ र टेलिचलचित्र ‘डाँडापारिको गाउँ’ लगायतमा अभिनय गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP